अंग प्रत्यारोपण समन्वय समितिमा ४ जना चिकित्सक मनोनित, अध्यक्षमा डा. दिव्या सिंह

काठमाडौँ, २७ कात्तिक । सरकारले अंगप्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन प्राडा दिव्या सिंहलाई मनोनयन गर्ने निर्णय गरेको छ । डा सिंह सो समितिमा यसअघि पनि अध्यक्ष थिइन ।

२४ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अध्यक्ष सहित अरु तीन जना सदस्यको पनि मनोनयन गरेको छ ।

मनोनयनमा पर्ने सदस्यहरुमा लिम्घा ३ गुल्मी निवासी र हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक प्राडा प्रेमराज ज्ञवाली, ललितपुर २ निवासी हाल त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्राडा पलेस्वाँ जोशी लाखे र माक्पा सोलुखुम्बु निवासी हाल कीर्तिपुर अस्पतालमा कार्यरत प्राडा शंकरमान राईलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

उनीहरुको दुईबर्ष पदावधि रहने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *