युएईका प्रधानमन्त्री शेख मोहम्मदले कोभिड-१९ बिरुद्धको खोप लगाए

420
Shares

काठमाडौँ, १९ कात्तिक ।  युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ बिरुद्धको को खोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले कोभिड – १९ विरुद्धको खोप लिएको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा एक स्वास्थ्यकर्मीले उनको पाखुरामा खोप लगाइदिएकी छन् ।

उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन्।

केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेको बताइएको छ । युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ।

तर कुन देश र कम्पनीको खोप लगाइएको हो भन्ने बारेमा स्पष्ट खुलाइएको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *