कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या ९६० पुग्यो
काठमाडौँ, १६ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार ६ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ । त्यसैगरी आइसीयूमा २८३ र ७८ जना भेन्टीलेटरमा उपचाररत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]