भेरी अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु


बाँके, २ कात्तिक । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना सङ्क्रमण भएर बाहिरी जिल्ललाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको श्रेष्ठले बताए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *