बिपी प्रतिष्ठान धरानमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु

256
Shares


धरान, १७ असोज । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिए ।

उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *