पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

184
Shares

काठमाडौँ, १५ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ६ वटा जिल्लाका १ महिला र १० पुरुष छन् । मृत्यु हुनेमा सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय  रुपन्देहीमा ८०, ५५ , ४२ वर्षीय पुरुष र बाँकेमा ३४ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ९ सय ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय ८० रहेको छ ।
त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २२० र भेन्टीलेटरमा २५ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *