कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेजका एक जना कर्मचारीको ज्यान गयो

नेपालगञ्ज, ११ असोज । कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत एक जना कर्मचारीको ज्यान गएको छ । आइतबार विहान ५ बजे नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके निवासी ४७ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत ३१ भदौमा कोरोना पुष्टि भएपछि सोही दिन बेलुका अस्पताल भर्ना भएका उनलाई प्लाज्मा थेरापी, रेम्डेसिभिर औषधि समेत चलाइएको थियो । तर फोक्सोमा कडा निमोनिया भएका उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन ।

उनी मधुमेहका पुराना बिरामी समेत रहेको जिल्लाका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनी नेपालगञ्ज मेडिकल कलेजको प्रशासन फाँटमा कार्यरत कर्मचारी समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *