कोरोना संक्रमणबाट ललितपुरका २ अस्पतालमा थप ४ जनाको मृत्यु


काठमाडौँ, ३ असोज । कोरोना संक्रमणबाट ललितपुरका २ अस्पतालमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो भने  मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीया महिलाको मृत्यु भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *