कोरोना संक्रमणबाट ललितपुरका २ अस्पतालमा थप ४ जनाको मृत्यु

324
Shares


काठमाडौँ, ३ असोज । कोरोना संक्रमणबाट ललितपुरका २ अस्पतालमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो भने  मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीया महिलाको मृत्यु भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *