लामो दुरीको यातायात र आन्तरिक हवाई उडान १ असोज देखि सञ्चालनमा आउने

0
Shares

काठमाडौँ, ३० भदौँ । सररकारले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान १ असोज देखि सञ्चालनमा ल्याउन अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यातायात र हवाई उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय भएको छ । त्यसमा यात्रु र सवारी चालक तथा सह चालकहरुले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *