काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण
काठमाडौं, ७ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी कुल १६६ जनामा कोरोना संक्रमण देखिएको बताए ।
उनले यहि अवधिमा देशभर २२० जना महिला र ५९८ जना गरी कुल ८१८ जनामा संक्रमण देखिएको बताए । पछिल्लो चौविस घण्टामा देशभर २८१ जना कोरोना जितेर मुक्त भएको समेत डा गौतमले जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

