स्वास्थ्य सचिव लक्ष्मण अर्याल होम क्वारेन्टिनमा

काठमाडौँ, २ भदौ ।  स्वास्थ्य सचिव लक्ष्मण अर्याल होम क्वारेन्टिनमा बसेका छन् । आफ्ना सवारी चालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि गत आइतबारबाट उनी होम क्वारेन्टिनमा बसेका हुन् ।

‘चालकमा संक्रमण देखियो । त्यसैले सचिव ज्यू, होम क्वारेन्टिनमा रहनु भएको छ । अहिलेसम्म स्वास्थ्य समस्या देखिएको छैन् । सात दिनपछि पीसीआर दिने योजना छ,’ मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए ।

उनले सचिव अर्याल घरमै रहे पनि मन्त्रालयको कामहरु सरसल्लाहहरु भर्च्योल रुपमा आदानप्रदान भइरहेको बताए ।

‘घर मै हुनुहुन्छ तर यताको काम काज र आवश्यक निर्देशनहरु भ¥च्युअल माध्यमबाट गरिराख्नु भएको छ । क्वारेन्टिनमा रहेको सात दिन पछि पीसीआर दिने र नतिजाको आधारमा बाँकी निर्णय गर्ने योजना रहेको छ,’ सहसचिव बिष्टले भने ।

पछिल्लो दुई सातामा मन्त्रालयका तीन जना कार्यालय सहयोगी र दुई जना सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयसंग संगै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा काम गर्ने एक जना सवारी चालकमा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका सबै संक्रमितहरुको अवस्था अहिले सामान्य रहेको समेत सहसचिव बिष्टले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *