देशभर थपिए ५८१ जना कोरोना संक्रमित, संक्रमितको संख्या २७ हजार २४१

काठमाडौँ, १ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ५८१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ५२० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५८१ जनामा संक्रमण देखिएको बताए । जसमा १७३ जना महिला र ४०८ जना पुरुष रहेका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ४९५ पुगेको छ ।

देशभरका क्वारेनटिनमा १५ हजार १९८ जना रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *