काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, ३० साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जना गरी ११९ जनामा संक्रमण देखिएके बताए ।

उनका अनुसार काठमाडौँका संक्रमितहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २३ जना, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ जना, पाटन अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा १३ जना, स्टार अस्पताल सानेपामा ६ जना, ह्याम्स अस्पताल प्रयोगशालामा १० जना विएण्डबी अस्पताल प्रयोगशालामा १ जना र धुलिखेल अस्पतालमा ३ जना र कोरिया मैत्री अस्पतालमा ७ जना गरी ८३ जनामा संक्रमण देखिएको छ ।

यस्तै ललितपुरका संक्रमितहरु जनस्वाथ्य प्रयोगशालामा परीक्षण गर्दा १ जना, शहीद शुक्रराज ट्रपिकल अस्पतालको प्रयोगशालामा ३ जना, पाटन अस्पतालमा २६ जना गरी ३० जना सं्रक्रमित थपिएका छन् । उता भक्तपुरका संक्रमितहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गर्दा ३ जना, पाटन अस्पतालबाट परीक्षण गर्दा १ जना र स्टार अस्तालबाट परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो चौविस घण्टामा देशका ३९ वटा प्रयोगशालाबाट ११ हजार ५७३ जनाको परीक्षण गर्दा ५९४ जनाको कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा गौतमले सुनाए । उनले सोही अवधीमा २४० जना कोरोना मुक्त भएको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *