देशभर थपिए ५९४ जना कोरोना संक्रमित, संक्रमितको संख्या २५ हजार ५५१

काठमाडौँ, ३० साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ५९४ जनामा कोरोना भाइरस९(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ५७५ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५९४ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७७ पुगेको छ ।

हालसम्म ४ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् भने संक्रमित सून्य भएको जिल्ला ४ रहेको छ ।
देशभरका क्वारेनटिनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *