कोरोनाका लागि २० प्रतिशत शैय्या छुट्याउन सबैखाले अस्पताललाई निर्देशन

काठमाडौँ, २६ साउन । सरकारले निजी सामुदायिक, सरकारी तथा गैरसरकारी गरी सबै खाले अस्पतालहरुलाई २० प्रतिशत शैय्या कोरोनाका लागि छुट्याउन निर्देशन दिएको छ । उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या बढदै गएको र जटिल समस्या हुनेको संख्या समेत बढ्न थालेपछि यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले कोरोनाका लागि सबैखाले अस्पताललाई २० प्रतिशत शैय्या छुट्याउनु निर्देशन दिइएको बताए ।

उनले सोको जानकारी सम्वन्धीत अस्पतालहरुले हव अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एचईओसीमा जानकारी गराउन समेत आग्रह गरे । मन्त्रालयले हव भित्रका स्याटेलाइट अस्पतालहरुका विरामीहरु हवले नै व्यवस्थापन गर्नुपर्ने समेत जानकारी दिए ।

पछिल्लो समय उपत्यका सहित देशभर कोरोना संक्रमणले तिब्रता लिएको छ ।

आज मात्रै उपत्यकामा ४४ र देशभर ३३८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *