काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ साउन ।  पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना गरी १०६ जनामा नयाँ संक्रमण देखिएके हो ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १४ जना र ललितपुरका ३ जनामा संक्रमण छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडँैका ३९ जना ललितपुरका ३ जना र भक्तपुरका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै काठमाडौँका संक्रमितहरु वीर अस्पतालमा २, ह्याम्स अस्पतालमा ४ जना कोरिया मैत्री अस्पतालमा १ जना रहेको छ । यसैगरी स्टार अस्पताल सानेपामा काठमाडौका ११ र ललितपुरको १, बीध प्रयोगशालामा काठमाडौका २ र ललितपुरका १, त्रिवि शिक्षण अस्पतालमा काठमाडौका १ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै प्रहरी अस्पतालमा काठमाडौँका ७ जना पाटन अस्पतालमा काठमाडौंँका ५, ललितपुरका २ र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ४६४ जनामा नयाँ संक्रमण देखिएको छ । यहि अवधीमा ४२५ जना कोरोना जितेर घर फर्केका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *