काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा संक्रमण भएको बताए ।

उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २७ जना, शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका १ जना, पाटन अस्पतालमा काठमाडौँका २ र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका १, स्टार अस्पतालमा काठमाडौँका १ र ललितपुरका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र वीध प्रयोगशालामा काठमाडौँका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो चौविस घण्टामा देशभर ३८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *