काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा संक्रमण भएको बताए ।

उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २७ जना, शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका १ जना, पाटन अस्पतालमा काठमाडौँका २ र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका १, स्टार अस्पतालमा काठमाडौँका १ र ललितपुरका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र वीध प्रयोगशालामा काठमाडौँका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो चौविस घण्टामा देशभर ३८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *