डाक्टर, नर्स, फार्मासिस्ट लगायत थप आठ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ, २१ साउन । पछिल्लो समय कोरोना संक्रमणको केन्द्रविन्दु बनेको वीरगञ्जमा स्वास्थ्यकर्मीलाई संक्रमण देखिने क्रम रोकिएको छ । मंगलबार राती विभिन्न अस्पतालमा कार्यरत थप आठ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

थपिएका नयाँ संक्रमित स्वास्थ्यकर्मीहरुमा नेशनल मेडिकल कलेजमा कार्यरत एक जना स्त्री रोग विशेषज्ञ र नारायणी बयोधा अस्पतालमा एक जना रेडियोलोजिष्ट छन् । यस्तै नारायणी अस्पतालमा कार्यरत दुई जना फार्मासिस्ट, एक जना नर्स, एक जना एक्सरे सहायक र दुई जना स्वीपर रहेको अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए ।

पछिल्लो समय छ सय बढी संक्रमित थपिएको वीरगञ्जमा मात्रै झण्डै ४५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको डा उपाध्यायले बताए । ‘डाक्टर देखि स्वीपरसम्म गन्ने हो भने नायारणी अस्पतालमा कार्यरत मात्रै ३५ बढीमा संक्रमण छ । यहाँ बाहेक बाहिरका स्वास्थ्य संस्थामा १० भन्दा बढीमा संक्रमण देखिएको छ,’ डा उपाध्यायले भने ।

कोरोनाको हटस्पट बनेको वीरगञ्जमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा गएको टोलीले अनुगमन गरि फर्केको छ ।

मेसु डा उपाध्यायले ठूलो संख्यामा संक्रमित थपिएको र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरु धमाधम संक्रमणमा परेको भन्दै थप जनशक्तिको व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालय समक्ष आग्रह गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *