कर्णाली प्रदेशमा थपिए ४७ जना कोरोना संक्रमित


काठमाडौँ, २९ असार । कर्णाली प्रदेशमा आज थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा ४५ जना र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायणका अनुसार सुर्खेतका ४१ जना, जाजरकोटका १, बाँकेका १, दैलेखका २ र रुकुम पश्चिमका २ गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ७ जना महिला र ४० जना पुरुष रहेका छन् ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६६३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *