कर्णाली प्रदेशमा थपिए ४७ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २९ असार । कर्णाली प्रदेशमा आज थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा ४५ जना र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायणका अनुसार सुर्खेतका ४१ जना, जाजरकोटका १, बाँकेका १, दैलेखका २ र रुकुम पश्चिमका २ गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ७ जना महिला र ४० जना पुरुष रहेका छन् ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६६३ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *