नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्के

0
Shares


सुर्खेत, २१ असार । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् ।

कोरोना विशेष अस्पतालको आइसोलेशनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनःपिसिआर परीक्षणका क्रममा नतिजा ‘नेगेटिभ’ आएको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको बताए । उनका अनुसार सङ्क्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन । कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन् ।

कर्णालीमा यसअघि एक हजार २०१ जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेशनमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने २७३ रहेको छ । सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *