लकडाउनमा आत्महत्या बढेपछि विभागमा बस्यो परामर्शदाता बैठक

काठमाडौँ, २० असार । कोरोना भाइरसको संक्रमणपछि जारी लकडाउनको तीन महिना  (चैत, बैशाख, जेठ) को अवधीमा १ हजार ७३२ जनाले आत्महत्या गरेका छन् । गत बर्ष यहि अवधीमा १ हजार ६७४ जनाले आत्महत्या गरेका थिए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसबर्ष चैत महिनामा ४८३, बैशाखमा ५७८ र जेठमा ६७१ जनाले आत्महत्या गरेका छन् । गतवर्ष चैतमा ४७१, बैशाखमा ६०० र जेठमा ६०३ जनाले आत्महत्या गरेका थिए ।

साधारण अवस्थामा भन्दा लकडाउनको अवधीमा आत्महत्यको दर बढेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्ति गरेका छन् ।

यसै सन्दर्भमा शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशााखाले ‘कोभिड -१९’ तथा मनोसामाजिक स्वास्थ्य सम्वन्धी परामर्शदाता बैठकको आयोजना गरेको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको अध्यक्षतामा बसेको बैठकले बढ्दो आत्महत्या रोकथामका लागि थप कदम चाल्ने निर्णय गरेको छ ।

महाशाखाका मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्रप्रसाद बरालका अनुसार बैठकले संक्रमित व्यक्तिहरु, आइसोलेसनमा रहेका संक्रमित व्यक्तिहरुमा देखिएको मनोसामाजिक समस्या आत्महत्या सोच तथा व्यवहार र समाजमा भोग्नु परेको लान्छना लगायतका विषयमा सरकारी गैरसरकारी क्षेत्रले तत्कालिन र दीर्घकालिन कार्ययोजना तयार गररी समन्वय तथा कार्यहरु गर्ने निर्णय गरेको छ ।

यस्तै मानसिक स्वास्थ्य कार्यक्रम निरन्तरताका लागि हरेक प्रदेशका लागि संघीय सरकारबाट बिनियोजन गरिने बजेट कार्यक्रममो आवश्यकता र विगतको व्यवस्था अनुसार कम भएकोले थप बजेटको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

यस्तै सबै खाले अस्पतालबाट मानसिक स्वास्थ्य सेवाको लागि व्यवस्थापन गर्ने विषयमा विज्ञहरुको व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ ।

नेपालमा २०० जना साइक्याट्रिक्स रहेका छन् । त्यसमध्ये ११ जना मात्रै सरकारी सेवा छन् । त्यसमधये ६ जना काठमाडौँ र ५ जना काठमाडौँ बाहिर रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *