काठमाडौँमा ३ र पाल्पामा ७७ जनामा कोरोना संक्रमण

काठमाडौँ, १२ असार । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै पाल्पामा मात्रै कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।
त्यसैगरी काठमाडौँमा पनि तीन जनामा कोरोना संक्रमण देखिएको छ । जसमा तीनैजना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



