त्रिवि आईओएमको डीन कहिलेसम्म सिफारिस हुन्छ ? के गर्दैछ सर्च कमिटिले ?

काठमाडौँ, २९ जेठ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का लागि डीन सिफारिस गर्न अझै एक दुई दिन लाग्ने भएको छ । त्रिविद्धारा डीन छनौट गर्न गठित सर्च कमिटीका संयोजक प्राडा प्रेम ज्ञवालीले सम्भावित व्यक्तिको नाम सिफारिस गर्न अझै एक दुई दिन लाग्ने बताएका छन् ।

त्रिवि कार्यकारीले गत २३ जेठमा सर्च कमिटी गठन गरेको थियो । त्यसबेला त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले डीन नियुक्ति कार्यमा ढिलाई नहुने बताएका थिए ।

संयोजक डा ज्ञवालीले डीनका लागि उपयुक्त व्यक्ति छनौट गर्ने विभिन्न मोडलमा छलफल भइरहेको भन्दै यो सम्पन्न हुन् अझै एक दुई दिन लाग्ने बताए । सर्च कमिटिले आईओएमका प्राध्यापक, फ्याकल्टी सहित विभिन्न समूहसंग छलफल गरेको छ ।

प्राडा ज्ञवालीले पहिले डीनका योग्य व्यक्तिहरुको लिष्ट तयार गर्ने र उनीहरुसंग छलफल गर्ने र तिनीहरुमध्येबाट सबैभन्दा उपयुक्त व्यक्तिहरुको नाम सिफारिस गर्ने योजनामा रहेको बताए ।

डा गोविन्द केसीको आन्दोलनपछि आईओएममा डीन बरिष्ठताका आधारमा हुने चलन बसेको छ । प्राडा ज्ञवालीले भने सो मात्रै मापदण्ड नहुने संकेत गरेका छन् ।

‘बरिष्ठताको कुरा त उठेको छ तर कोही बरिष्ठतामा आउनेहरु कसैको दुई महिना बाँकी हुन्छ । कसैको त्यस्तै चार महिना । यति छोटो अवधीमा आईओएमलाई झन् अस्थिरता बनाउन सक्छ । त्यसैले धेरै कुराहरुमा बिचार गरेर व्यक्तिको छनौट हुनसक्छ । हामी अहिले पनि छलफलमै रहेकोले अहिले नै यसै भन्न पनि सकिएन्,’ उनले भने ।

गत २१ जेठमा प्राडा जगदीश अग्रवालको अवकाश पछि आईओएममा डीन रिक्त छ । त्रिविले नयाँ डीन नआउँदासम्म सहायक डीन प्राडा राजेन्द्र गुरागाईँलाई निमित्त डीनको जिम्मेवारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *