क्वारेन्टिनका सरसामानसहित ४० जना फरार


जलेश्वर, २७ जेठ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।

भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *