त्रिवि आईओएमको डीन सिफारिस गर्न प्राडा ज्ञवालीको संयोजकत्वमा सर्च कमिटि गठन

काठमाडौँ, २४ जेठ ।  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)मा रिक्त डिन रिफारिस गर्न प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन गरेको छ ।  उक्त कमिटीमा प्राडा जीवन शेरचन र प्राडा सुवास आचार्य सदस्य रहेका छन् ।

यो कमिटिले त्रिवि कार्यकारीलाई डीन बन्न योग्य तीन जनाको नाम सिफारिस गर्नेछ । त्यसमध्येबाट त्रिवि कार्यकारीले एक जनालाई डीनमा नियुक्त गर्नेछ ।

उमेरहदका कारण आईओएमका डीन प्राडा जगदीश अग्रवाल २२ जेठमा अवकास पाएका थिए । त्रिविले त्यस लगत्तै सहायक डीन प्राडा राजेन्द्र गुरागाँईलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यकारी अधिकार सहित निमित्त डीनको रुपमा कामकाज गर्ने अख्तियारी दिएको थियो ।

त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले डीन नियुक्ति छिटै हुने बताएका छन् । उनले डीन नियुक्तिको लागि कार्यविधि त्रिविको रातो कितावमा स्पष्टसंग लेखिएको भन्दै सोही अनुसार नै डीनको छनौट गर्ने बताएका छन् ।

प्राडा गोविन्द केसीले डीन लगायतका महत्वपूर्ण निकायको प्रमुखमा नियुक्ती दिँदा बरिष्ठताका आधारमा हुनुपर्ने माहोल सिर्जना गरेका थिए । त्यसैका आधार पछिल्लो समय डीन र अस्पतालको निर्देशकको नियुक्ती भएको थियो तर उपकुलपति प्राडा बास्कोटाले बरिष्ठतामात्रै मापदण्ड नहुने स्पष्ट बताएका छन् ।

‘कार्यकुशलता, रिसर्चका कुरा, योग्यता, म्यानेजरियल स्कील तथा अरु अनुभव पनि त्यसमा जोडिन्छ । र जो सबैभन्दा योग्य हुन्छ । त्यो डीन बन्ला,’ उनले भने ।

डीनको प्रतिप्रर्धामा प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्या सिंह शाह, प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप बैद्य, प्राडा वाईपी सिंह लगायतका व्यक्तिहरु देखिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *