मृत्यु भएका बिरामीमा कोभिड-१९ देखिएपछि मिसन अस्पतालका १९ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

0
Shares

पाल्पा, २३ जेठ । उपचारका क्रममा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण भएको पाइएपछि तानसेनस्थित युनाइटेड मिशन अस्पतालका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

मिसन अस्पतालमा गत २० जेठमा पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेशन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै रहेका छन् ।

रामपुरमा पचास शय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ । उनीहरुलाइ आज आइसोलेशन कक्षमा लगिने नगरपालिकाले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *