नारायणीको कोरोना विशेष अस्पतालबाट ५ जना डिस्चार्ज

पर्सा, २२ जेठ । नारायणी अस्पतालले सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पताल (गण्डक अस्पताल)बाट कोरोना जितेर आज थप ५ जना डिस्चार्ज भएका छन् ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले आज बाराका २ जना र पर्साका ३ जना कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिए । सो अस्पतालमा अब बारा, पर्सा र रौतहटका गरी २८ जना उपचाररत छन् ।

बुधबारसम्म देशभरबाट कोरोना जितेर २७८ जना डिस्चार्ज भएका छन् । संक्रमितको संख्या भने २३०० नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *