नारायणीको कोरोना विशेष अस्पतालबाट ५ जना डिस्चार्ज
पर्सा, २२ जेठ । नारायणी अस्पतालले सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पताल (गण्डक अस्पताल)बाट कोरोना जितेर आज थप ५ जना डिस्चार्ज भएका छन् ।
नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले आज बाराका २ जना र पर्साका ३ जना कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिए । सो अस्पतालमा अब बारा, पर्सा र रौतहटका गरी २८ जना उपचाररत छन् ।
बुधबारसम्म देशभरबाट कोरोना जितेर २७८ जना डिस्चार्ज भएका छन् । संक्रमितको संख्या भने २३०० नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



