चीनमा बनेको कोरोना भाइरस विरुद्धको खोप बाँदरमा सफल, मानिसमा परीक्षण हुँदै

एजेन्सी ।  चीनमा कोरोना भाइरस (कोभिड १९)विरुद्ध बनाइएको खोपको परीक्षण बादरमा सफल भएको बताइएको छ । बेइजिङस्थित एक औषधि उत्पादन गर्ने कम्पनी साइनोभ्याक बायोटेकले बनाएको कोरोनाविरुद्धको खोप बाँदरमा परीक्षण गर्दा सफल भएको बताइएको हो । बाँदरमा सफल भएपछि गत १६ अप्रिल देखि मानिसमा समेत परीक्षण सुरु गरिएको बताइएको छ ।

साइनोभ्याकका अनुसार उक्त खोपको परीक्षण खोप रातो मुख भएको बादरमा गरिएको थियो । सो खोप लगाएपछि अब ती बाँदरहरुमा कोरोना भाइरसको संक्रमण नहुने समेत उक्त कम्पनीले दावी गरेको छ ।

उक्त कम्पनीको अनुसार आफूले बनाएको नयाँ खोप ८ वटा बाँदरलाई छुट्टा छुट्टै डोजमा दिइएको थियो । तीन साता पछि ती बाँदरको पुन परीक्षण गरियो । नतिजा सहि निस्क्यो ।

कम्पनीका अनुसार ८ वटा बाँदरको फोक्सोमा ट्युवको माध्यमबाट खोपको माध्यमबाट कोरोना भाइरस नै हालिएको थियो । तीन साता पछि परीक्षण गर्दा एउटा बाँदरमा पनि संक्रमण थिएन ।

साइनोभेक्सका बरिष्ठ निर्देशक मेग विनिङले भने, ‘जो बाँदरको सबैभन्दा बढी डोज दिइएको थियो । सात दिनपछि उसको फोक्सो वा शरीरमा कहि पनि भाइरसको लक्षण वा संक्रमण देखिएन । केही बाँदरमा हल्का असर देखिएको त थियो तर त्यो पनि तत्काल नियन्त्रण आयो । ‘

साइनोवेकले बाँदरमा गरिएको परीक्षण पछि खोपको प्रतिवेदन १९ अप्रिलमा बायोरेक्सिभ वेवसाइटमा प्रकाशित गरेको छ । बाँदरमा देखिएको आश्चर्यजनक नतिजा पछि मेग विनिङले भने, ‘हामीलाई विश्वास छ यो खोपले मानिसमा पनि राम्रो काम गर्नेछ ।’

कसरी बन्यो कोरोना विरुद्धको खोप ?
मेङ विनिङले पुरानो तरिकाबाटै खोपको उत्पादन गरेको बताएका छन् । पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित बनाइयो । त्यसपछि संक्रमितको वाँदरको रगतबाट खोप बनाइयो र अर्को बाँदरमा सो खोप लगाइयो । यो तरिकाबाट गरीव देशमा महंगो खोपको जरुरी पर्दैन ।
माउन्ट सिनाईमा रहेको इकान स्कुल अफ मेडिसिनको भाइरोलोजिष्ट फ्लोरियन क्रेमरलले खोप बनाउने यो तरिका आफूलाई ठिक लागेको बताए । उनले भने यो तरिका पुरानो हो तर राम्रो नतिजा आयो ।

पिटसवर्ग विश्वविद्यालयका डगलस रीडले भने, ‘तरिकासहि थियो तर बाँदरको संख्या अलि कम भयो । त्यसैले धेरैमा परीक्षण नगर्दा सम्म पुरा भरोसा गर्न गाह्रो हुन्छ ।’

साइनोवेकका बैज्ञानिकले भने, ‘हामीले ती बाँदरहरुलाई पनि कोरोना भाइरसबाट संक्रमित बनायौँ जसलाई खोप दिइएको थिएन । ती बाँदरमा भने संक्रमणको लक्षण स्पष्ट रुपमा देखिएको थियो ।’

साइनोवेक्सका बैज्ञानिक भन्छन्, ‘हामीले आफ्नो खोपमा बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीजलाई मिलायौँ । यसपछि हामीले चीन, इटाली स्पेन र स्वीजरल्याण्ड र युकेका विरामीमा ट्रायल गरेका छौँ । खोपले शरीरमा भएको एन्टीवडिजले कोरोना भाइरसको स्ट्रेनको निस्क्रिय गराउन सफल भएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *