कोरोना स्वास्थ्य चुनौती र सुधारको मौका

कोरोना भाइरस (कोभिड – १९) सुरु भएको तीन महिना भन्दा बढी भैसक्यो । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले  महामारी घोषणा गरेको एक महिना भन्दा बढी भइसक्यो । तर  पनि नियन्त्रण हुन गाह्रो भएको अवस्था छ । समस्या झन् झन् विकराल हुँदै गइरहेको देखिन्छ ।

विश्वको महाशक्ति मानिएका राष्ट्र अमेरिका देखि युरोपका विकसित र शक्तिशाली मानिएका बेलायत, इटाली, स्पेन, फ्रान्स, जर्मनीमा कोरोनाको संक्रमण तथा मृत्यु हुनेको संख्या हेर्दा हामीले कोरोनालाई गम्भीरतापूर्वक लिएनौँ कि भन्ने पनि लाग्छ ।

नेपालमा अहिलेसम्म पीसीआरमा ३० वटा केश र र्‍यापिड डाईग्नोस्टिक टेष्ट (आरडीटी)मा केही बढी केश पोजेटिभ देखिएको छ । यो बढ्ने क्रममा छ । अतिविकसित राष्ट्रहरुमा अहिले भएको भयावह स्थतिबाट हामीले अहिले नै पाठ सिकेर यस्तो स्थति आउँन नदिन तयारी अवस्थामा बस्नु पर्छ ।

हाम्रो देशको स्वास्थ्यको अवस्था सबैलाई जानकारी नै छ । अस्थिर जस्तो देखि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग, अपुग स्वास्थ्यकर्मी, अपुग स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीविहीन, स्वास्थ्य संस्था, अपुग उपकरण , विशेषज्ञ विहीन स्वास्थ्य सेवा र काठमाडौँ केन्द्रित उपचार ।

यहि अवस्थामा बसिराख्ने हो भने हाम्रो स्थिति अमेरिकाको जस्तो नहोला भन्न सकिन्न । अपुग स्रोत र साधनको अवस्थामा हाम्रा स्वास्थ्यकर्मीहरुले गर्नु भएको काम एकदमै सराहनीय छ । र,  यसको प्रशंसा सरकार र आमजनताले पनि गर्नु पर्छ । साथै कमी कमजोरीको सुधार पनि गर्नु पर्छ ।

अहिलेको अवस्थामा लकडाउनले धेरै हद सम्म संक्रमन फैलिनबाट रोक्न सहयोग भएको छ । रोकथाम संगसंगै उपचार पनि चुस्त दुरुस्त बनाउनु पर्छ । विज्ञहरुका अनुसार कोरोना समस्या अब तत्कालै रोकिने सम्भावना छैन् । यसको समस्या दीर्घकालसम्म रहने अनुमान छ ।

त्यसैले केही अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु तय गर्नु जरुरी छ । त्यसका लागि निम्नानुसारका कदम चाल्न सकिन्छ ।

समस्या र समाधानहरु :

१.  स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र ,नगर, जिल्ला, प्रदेश अस्पतालहरुमा विशेषज्ञ डाक्टर ,मेडिकल अधिकृत , नर्स र प्यारामेडिक्सको अभाव : दरबन्दी मात्रैको अनुसार नियुक्ति गर्ने हो भने अहिले देखिएको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ ।

सरकारले करारमा स्वास्थ्यकर्मी खटाउने र काम सकेपछि बेवारिसे बनाउनु भन्दा उचित सुबिदा दिइ सरकारी अस्पतालमा नियुक्त गर्दा स्थानीयतहमै जनताले सेवा पाउछन र सरकारलाईक्वारेन्टाइन र आइसोलेसन गर्न सजिलो हुन्छ ।

२. विशेषज्ञ डाक्टर को अभावमा बिरामीलाइ रेफेर गर्नु पर्ने : नगर, जिल्ला र प्रदेश अस्पतालमा MDGP , MD , MD Anesthesia , Orthopedics , OBS /GYNAE , Surgery , Pediatrics , MEDICAL OFFICER , PARAMEDICS को आवसकता हेरी सेवा स्थानीयतहमै उपलब हुनेहो भने रेफेर गर्ने आर्थिकभार कम हुन्छ साथै संक्रमण फैलिनबाट बचाउन सकिन्छ ।  यस्तो बेला वा भबिस्यमा आइपर्ने कुनै पनि समयमा विशेषज्ञ सेवाको लागि काठमाडौँ वा सहर नै पुग्नु पर्ने झन्झट हुदैन ।

३.  आईसीयू र भेन्टिलेटरको अभाव: अहिले नगर, जिल्ला वा प्रदेश अस्पतालहरुमा आईसीयू सेवा गने चुनेको ठाँउमा मात्रै छ । भएपनि कति चालु अवस्थमा छैन त कतिमा डाक्टर नभएर बन्द छ । भेन्टिलेटरको त कुरै न गरौं । अवस्था सुधार्ने हो र स्वास्थ्यकर्मी राख्ने हो भने आईसीयू सुबिदा नगर जिल्ला र प्रदेश अस्पताल मा राख्न नसकिने होइन । यस संगै विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी सहित भेन्टिलेटरको सेवा सुबिदा पनि विस्तार गर्न सकिन्छ ।

४. अहिले अहिले कोभिड – १९ को नमूना संकलनको लागि केन्द्रको अस्पतालबाट स्वास्थ्यकर्मी आउनुपर्छ र केन्द्रमा जाँचको लागि  पठाउनु पर्छ किनभने स्थानीयतहमा न त जनसक्ति छ न त प्रयोगशाला नै छ । यसले परिणाम आउँन समय लाग्ने साथै आर्थिकभार बढ्ने र त्यसबेला सम्म संक्रमण फैलिने डर हुने हुन्छ । स्थानीय अस्पतालमा दक्क्ष जनसक्ति हुनेहो भने आर्थिकभार र संक्रमण लाइ नियन्त्रण गर्न सकिन्छ ।

५. अहिलेको अवस्थामा स्वाथ्यकर्मी र सुरक्षाकर्मी सबै भन्दा जोखिममा छन् उनीहरुलाई सरकारले सक्दो सुबिधा दिई काम प्रतिको मनोबल बढाउनु पर्छ न कि हतोउत्सहित गरेर ।

६. सबै अस्पतालमा सबै किसिमको उपचार गर्दा संक्रमण बढ्न सक्छ त्यसैले कुनै एउटा अस्पताललाई  कोरोना उपचारको लागि तोक्ने र अरु अस्पताललाई  अन्य रोग ब्यबस्थापनमा लगन निर्देशन दिए संक्रमण नियन्त्रण गर्न सजिलो हुने थियो ।

# डा. पण्डित स्वयंम्भूस्थित मनमोहन मेमोरियल हस्पिटलमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *