कोरोना भाइरसविरुद्ध व्यक्तिले कसरी लड्ने ? डब्लुएचओले दियो पाँच सुझाव

जेनेभा । कोरानो भाइरस(कोभिड -१९)ले अहिले विश्वलाई नै त्राहीमाम बनाएको छ । संसारका धेरै देशहरु लकडाउन भएका छन् । नागरिकहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । दैनिक जीवन एकाएक रोकिँदा कतिपयलाई असहज महसुस हुनसक्छ । तर परिस्थिति विरुद्ध जाने अवस्था पनि छैन् ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर टिप्स दिइएको छ । डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका छन्, ‘यस सम्वेदनशील घडीमा तपाईँले आफूलाई आफ्नो शारीरिक र मानसिक रुपमा फिट राख्नु जरुरी छ । यसले तपाईँलाई लामो समयसम्मका लागि सहयोग मात्रै गर्दैन् कि कोरोना भाइरसविरुद्ध लड्न र त्यसलाई परास्त गर्न समेत सहयोग गर्दछ।’

उनले भनेका ती पाँच उपाय निम्न अनुसार छन् :

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठिकसंग कार्यगर्न मद्धत गर्दछ ।

२.  मदिराज्य पदार्थको सेवनलाई सिमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड१९)बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४.  शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दुरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् । घरकै भर्याङ सिडीबाट तलमाथि गर्नुहोस् । यसले पनि तपाईँको व्यायम हुन्छ ।

तपाईँ घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् ।
घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । तपाईँले यी कुुराहरु छिमेकीलाई पनि भन्न सक्नुहुन्छ । यस्तो बेलामा करुणा र सहयोग एक औषधि हो भन्ने कुरा नभुलौँ ।

संगीत सुन्नुहोस, किता पढनुहोस् अथवा गेम खेल्नुहोस् ।

यस्तो बेलामा धेरै समाचार नहेर्नुहोस् जसले तपाईँलाई तनाव दिन्छ । जानकारीका लागि विश्वसनीय माध्यमबाट दिनमा एक दुईपटक हेर्नुभए हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *