कोभिड – १९ रोकथामका लागि तत्काल ‘स्वास्थ्य संकटकाल र लकडाउन’ किन आवश्यक ?

- नेपाली हेल्थ

– डा मधुसुदन पाण्डेय

– डा. मधुसुदन पाण्डे

राज्यले हालसम्म लिएको कोभिड १९ रोग नियन्त्रणका कदमहरु स्वागत योग्य छन् । सरकारले रोग नियन्त्रणका लागि गरेको चिन्तन र प्रयत्न उच्च प्रशंशा गर्न योग्य छ तर अझै पनि प्रयत्न प्रयाप्त र पूर्ण भने देखिएको छैन् ।

नेपालको अहिले निकै सम्वेदनशील घडी हो । कोरोना संक्रमण हुन नदिन यतिवेला उचित र कठोर निर्णय लिन जरुरी छ । तसर्थ उचित समयमा राज्यले कठोर निर्णय लिन पछि हट्नु हुँदैन । पछि तिब्रताका साथ रोग फैलियो भने ओट मुख सुकाउनु सिवाय केही बाकिँ हुदैन ।

हालै सरकार ले गरेका रोकथामका निर्णयहरु अत्यन्तै महत्वपूर्ण र आवश्यक रहेका छन तर अझै ती पूर्ण छैनन् । यसमा सरकारले हाम्रो जस्तो चेतना स्तरको समाज र मौलिक मनोविज्ञान र सस्कार बोकेको हाम्रो समुदायलाई मध्यनजर गरि थप कठोर निर्यण गर्नु पर्ने हुन्छ, । त्यो नै रोग रोकथाम र नियन्त्रण का लागि हाम्रो अहिलेको प्रमुख आवश्यकता हो ।

फेरि सरकारले सबैथोक गरि हाल्छ , त्यसैले हामी सुरक्षित हुन्छौ भन्ने वा सबै कुरामा सरकारकै मुख ताक्ने मात्रै अन्य क्षेत्र र नागरिक स्तर बाट भयो भने सरकार एक्लैको केही लाग्दैन् ।

विश्वव्यापी रुपमा देखिएको स्वास्थ्य संकटपूर्ण अवस्थामा अन्य क्षेत्र लगायत हामी नागरिक पनि उत्तिकै जिम्मेवार हुन जरुरी छ । निजी, सरकारी, समुदाय, सञ्चार लगायतका सबै क्षेत्रमा पर्ने व्यक्तिविशेष एक जुट भए मात्रै संकटलाई टार्न सकिन्छ ।

सरकारले स्वास्थ्य संकटकाल र लकडाउन घोषणा गरयो भने पनि त्यसलाई हार्दिकतापूर्वक सबैले पालना गर्नु जरुरी छ । यस्तो बेलामा आत्तिने होइन । सचेत हुने हो । सबैले सबैलाई सचेत गराउने हो । राज्यले तय गरेका नीति नियम पालना गर्ने हो । यसो भयो भने मात्रै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सकिन्छ । बाच्न र बचाउँन सकिन्छ ।

मुलुकमा रोग फैलिएको अवस्थामा यो कोभिड -१९ इपिडेमिक बक्ररेखा थेप्चाउने लक्ष्य त लिएका छौं तर स्वास्थ्य सेवा को क्षमता तुलनात्मकरुपमा कम रहेको हाम्रो जस्तो मुलुकको लागि त, बक्ररेखाको पिक सम्मको समय ढ़ीला गर्न , समयमा लिईने कठोर नियन्त्रणका उपायहरुको विकल्प छैन।

हो बक्ररेखा सक्दो थेप्चाउन प्रयत्न गर्नू र महामारीको पीकमा पुग्दा सङ्क्रमितको सङ्ख्या सक्दो कम सङ्ख्यामा झार्नु, यो नै सबै भन्दा महत्त्वपूर्ण पक्ष हो अझ हाम्रो जस्तो मुलूकको लागि ।किनकि ठूलो सङ्ख्यामा एकसाथ यसका विरामी देखिए भने पूरै समाज नै अकल्पनिय बिपदको स्तिथिमा जान्छ ।

हाम्रा सीमित स्वास्थ्य सेवाहरु भरिभराउ हुन्छन् । सङ्क्रमित मानिस् हरु अस्पताल वा स्वास्थ्य सेवा वाट बन्चित हुन्छन् अनि त्यस बखत रोग झन द्रुत गतिमा फैलिदै जान्छ । गम्भीर अवस्थाका धेरै संक्रमितहरु स्वास्थ्य सेवाको अभावमा मृत्यु को मुखमा पुग्न सक्छन् ।

संयोगवस हाल सम्म रोग नदेखिएकाले हामीले समयको सुबिधा पाएका छौं भनेर आरामले बस्ने स्थिति पटक्कै छैन् । केस डिटेक्शनमा हामी ढिला भैरहेको हुन पनि सक्छौं । हामीले समूदायमा संक्रमण हुनसक्छ भन्ने ठानेरै थप कदम अघि बढाउनुपर्छ । सम्भावित केशको पहिचान र परीक्षणको मात्रा बढाउन र कीटको समेत उपयोग गरि सहज र दुर्त गतिमा रोगको पहिचान र परीक्षण बढाउन पर्ने हुन्छ ।

साथै रोगको अरु सम्भाबित स्रोतलाई बन्द गर्नका लागि राज्यले नियंत्रण का कठोर उपायहरुको प्रयोग प्रो एक्टीभ भएर समयमा गर्नै पर्ने हुन्छ। त्यस कारण मुलुकमा ‘उच्च स्वास्थ्य जोखिम ‘को संकट आएको र सम्पुर्ण राज्यका एकाई,स्वास्थ्यका निकायहरु तथा नेपाली नागरिकहरूले उच्च सतर्कता अपनाउन रास्ट्रव्यापी औपचारिक संदेश दिन’ राष्ट्रिय स्वास्थ्य संकटकाल’ को घोषणा गर्ने र विश्वजगत लाई आफ्नो प्रो एक्टीभ अभियानमा सहयोगका लागि अपील गर्नै पर्दछ ।

हाम्रा चुनौतिहरू :

१. स्वास्थ्य सेवा क्षमताको सीमितता (limited healthcare capacity):

चीन,इटली,कोरिया जस्ता देश जस्तो हाम्रो मुलुकको स्वास्थ्य संयन्त्र बलियो छैन । ब्यबस्थापनमा पनि हामी तुलनात्मक हिसाबले पछाडि नै छौं। यो स्वीकार गर्न हामी अफ्ठेरो नमानौं। हामी सँग स्वास्थ्य सेवाको सिमित क्षमता मात्र छ। वाहिरी सहयोग बीना हामीले फैलिएको संक्रमण को क्षति रोक्न सक्दैनौ। यसरि आजै केही कठोर निर्णय नलिदा सङ्क्रमणको गति नियंत्रण बाहिर जान सक्ने र लामो समय मुलुक गम्भीर संकट बाट गुज्रीने अ कल्पनिय स्थिति न आउला भन्न सकिन्न, कामना गरौं त्यस्तो दिन नेपालीले भोग्न नपरोस्।
अपर्याप्त /सिमित सेवाहरु:
● Quarantine स्थल
● Lab test
● Rapid test kit
● Isolation बेड
● ICU र भेन्टिलेटर सेवा
● स्वास्थ्यकर्मी/जनस्वास्थ्य जनशक्ति

हाम्रोमा भर्खरै संघियता, समायोज लगायत कुरा हरुले स्वास्थ्यजनशक्ति र नयाँ स्वास्थ्य सेवा संरचना र प्रणाली परिपक्व भैसकेको छैन र यस खालको माहामारीको अभ्यासमा नयाँ संरचनाको पहिलो प्रयोग हुदैछ ।

दुर्त गतिमा स्थायी संरचना नीर्माण अहिले नै संभब छैन, हाम्रा स्वास्थ्य सेवाको क्षमता राता राता चामत्करिकररुपले बढाऊन पनि सकिदैन, कम्तीमा आकलन अनुसार सिमित सङ्ख्याको सेवा मा अभिबृद्धि गर्न पर्छ,तर यस जुगाड गर्दा पनि संक्रमण फैलिएको अवस्थामा हाम्रो रिसोर्स रोगको ट्रेन्ड र चरित्र  (R ० Reproductive number ~2.6, Severe case ~5-6% , Avg Doubling time ~6 Days, Asymptomatic carriers)

र हाल सम्मको तयारीको गतिले पर्याप्त नहुने नै देखिन्छ। समुदाय, निजी क्षेत्र सबै COVID 19 को उपचारका लागि थप अस्थाई उपचार र इसोलेसन स्थलहरुको निर्माणमा युद्द स्तरमा जुटनै पर्छ र यसमा बाहिरि सहयोग लीई उपकरण र अन्य स्वास्थ्य सामाग्री सके जति उल्लेखय मात्रा मा तयारी अवस्था मा राख्नु पर्दछ।

अहिले तुरन्त Lab टेस्ट को दायरा र क्षमता सक्दो अभिवृद्धि गर्नु अहीले को प्राथमिकता हो,र क्लीनिकल रेस्पोन्सको गाईडलाईन को एकरुपता छदै छ तर सरकारी सामुदयिक निजी स्वास्थ्य संस्थाको सहकार्य गरि रोग प्रतिको व्याबहारिक पक्षको एउटा साझा एप्रोचको निती बनाई अगाडि बढ्नु पर्ने पनि अहिले को प्रमुख महत्वको विषय हो ।

२. रोकथाम र नियन्त्रणका उपायहरु को प्रभावकारी कार्यान्वयन हुनु पर्छ ( Control measures)

Social Distancing (समाजिक दुरि कायम गर्ने ) प्रभावकारी ढंगले अगाडि बढेको छैन।
समाजमा रोगको यथार्थता एबम् गम्भीरता नबुझाएकाले र सरकार कठोर हुन नसक्दा वा जरिवाना गर्ने सम्मको निती नल्याइएकोले social distancing प्रभावकारी हुन सकेको छैन ।

हालै मात्रै सरकारले COVID 19 को रोकथाम र नियन्त्रणको लागि दमदार निर्णय गरेको छ, सबै निर्णयहरु स्वागत योग्य छन, तर यस अघि गरिएका निर्णय जस्तै प्रभावकारी कार्यन्वयन मा भने फेरि पनि ठूलो चुनौति छ।

● हवाई यात्रा बाट सम्भाबित जोखिम अझै मोलिरहिएको छ, पुर्ण लकडाउन नगर्दा सम्म हाम्रो हवाई यात्राबाट को जोखिम नियंत्रणको उद्देश्य पूरा हुदैन।
● स्थलगत नाकाहरु पुर्ण बन्द गरियेको छैन, त्यहाँ पनि रोकथाम र सतर्कता पर्याप्त छैन।
● बिशेष मोवाइल App बनाएर, वा कल सेन्टर मार्फत बिरामीको नोटिफिकेसन र एरिया ट्र्याक गर्ने, संभव भए सम्म On the spot पिक अप सेवा र सुरक्षित आइसोलेसन गर्ने ब्यवस्था अझै प्रभावकारी रुपमा विकास गर्न सकिएको छैन। केस भेटिएमा कन्ट्याक्ट ट्रेसिंगको भरपर्दो र प्रभावकारी मेकानिजम विकास भईसकेको छैन। नेपाल आर्मी लाई तुरुन्त तालिम दिएमा यसमा उनीहरुको सफल योगदान रहन सक्छ।

● स्कूल अब बन्द होलान् तर फेरि घरमा रहेका केटाकेटीहरुलाई कसरि सामुहीक आउट डोर कृयाकलाप बाट टाढा राख्ने भन्नने चूनौति छ , अभिभावकलाई यस सम्बन्धी चेतना दिलाई सतर्क राख्नु पर्दछ।
● अझै कलेज/युनिभर्सिटि का परिक्षा स्तगित हुने नहुने अन्योल देखिएको छ ,

● पब्लिक ग्यादरिङ (साभा,सम्मेलन, चाड पर्व, बिहे, व्रतबन्ध,भजन,जन्म उत्सव,कन्सर्ट,खेलकुद, भाषण,प्रवचन,मन्दिर,मस्जित, सिनेमा,जिम,योगा क्लब, पार्टी प्यालेस, रेस्टुराँ क्लब ) ब्यबहारिकरुपमा निरुत्साहित गर्न सफल नभएको स्थिति छ तर अहिले २५ भन्दा माथि भनी तोकिएको छ तर प्रभावकारी कार्यान्वयन नभए यसको कूनै अर्थ रहँदैन,यस सम्बन्धमा जरिवाना सहितको नियम आउनु आवश्यक पर्छ।

● शहरका ठूला सपिङ् मल लगाएतका ठूला ब्यपारिक केन्द्रहरु, जमघट हुने ठूला रेस्टुराँहरु मा सावधानी,सरसफाई र पब्लिक यतायात अन्तर्गतका सवारी साधनहरुलाई Disinfecting र cleaning अभियान संचालनको कार्यान्यवन गर्न पनि कडा अनुगमन चाहिन्छ ।
●जनचेतनाको लागि सोसल मिडिया , माइकिङ, रेडियो टेलीभिजन,पत्रपत्रिका ,पोस्टर,पम्प्लेट आदी सामाग्रीहरु मा कम्प्रोमाइज नगरिए पनि रोगको यथार्थता र गम्भीरता पुर्ण रुपमा आधिकारिक निकाय बाट प्रेसण गरिएको छैन। (त्रसित गर्ने भनेको होइन् तर यथार्थता नबुझाउदा झन् समस्या आउन सक्छ)
● स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको लागि चाहिने PPE (सुरक्षा सामाग्री: बिषेस मास्क, गाउन,गगल्स,ग्लोब्स आदि) को समेत आपूर्तिमा अहिले देखिनै संकट आईसकेको छ। स्वास्थ्यकर्मी लाई बीना सुरक्षा सामाग्री सेवामा खटाउदा, ती स्वास्थ्यकर्मी नै संक्रमणको स्रोता बन्न सक्छन् र अन अपेक्षित रुपमा त्यसरी पनि संक्रमण ठूलो संख्यामा फैलन सक्ने जोखिम रहन्छ ।
● सम्वाभीत बिपत्तिको फाईदा उठाई खाद्यान्न लगाएत बस्तुको कृतिम अभाब वा कालोबजारी गर्ने लाई सहज आपुर्ति हुने गरि कालोबजारी रोक्न सकिएको छैन, यसमा पनि आज निर्णय आएको छ,तत्काल नै आपुर्ति सहज गर्न सरकार निर्मम र कठोर हुनुपर्ने आवश्यक छ।

● हो उपचारमा लाग्ने सम्पुर्ण खर्च सरकारले नि शुल्क गर्ने भनिएको छ, यो एकदमै सकारात्मक कदम हो तर सरकारी स्तर बाट २\३ अस्पतालले महामारी थेग्ने कुरा हुदैन ,सरकारले निजी क्षेत्रसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ ,जुन कुरामा अहिले अन्योलको स्थिति देखिएको छ। अव निजी क्षेत्रलाई पनि समेट्दै स्वास्थ्य मन्त्रालयले ल्याब परिक्षण क्षमतालाई तुरुन्त विस्तार गर्नु पर्दछ।

● जुन्सुकै निकायको रोजगारि Covid19 को बिरामी भएम मा कम्तिमा एक दुई महिना तलवि बिरामी बिदाको सुनिश्चितता गर्ने संबन्धी पनि सरकारी स्तरमा केहि निर्णय हुन पर्दछ।

निस्कर्ष

राज्यले हाल सम्म लिएको रोग नियन्त्रणका निर्णयहरू/ कदमहरु स्वागत योग्य भए पनि पर्याप्त र पुर्ण देखिएको छैन, त्यसैले हाल लीएका नियन्त्रणका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न त्यस्को कठोर निर्णय र कडा अनुगमन गर्नुपर्ने हुन्छ ।

बेला भई सक्यो हाम्रो अधिकतम राष्ट्रिय रिसोर्सहरु प्रयोग गर्ने, रोकथामको चरणमा पनि अन्तरास्ट्रिय सहयोग/साहायता सक्दो मागौं, वाहिर का अनुभवको पनि निरन्त सहयोग लीऔं । त्यस्का लागि ‘उच्च स्वास्थ्य जोखिम ‘को संकट आएको र सम्पुर्ण राज्यका एकाई,स्वास्थ्यका निकायहरु तथा नेपाली नागरिकहरूले उच्च सतर्कता अपनाउन रास्ट्र ब्यापी औपचारिक संदेश दिन’ राष्ट्रीय स्वास्थ्य संकटकाल’ को घोषणा गरौं र विश्वजगत लाई आफ्नो (प्रो एक्टीभ ) रोग रोकथाम र नियन्त्रण का लागि गरिएको अभियानमा सहयोगका लागि अपील गरौं ।

जागरूक नागरिकहरु सबै गम्भीर भएर, रोग संग लड्न सबै नागरिकको सहभागिता चाहिन्छ भन्ने बुझाऊन लागि परौँ,जनचेतना अभिवृद्धि गरौं।र संक्रमण को रोकथामको लागि सरकारको हरेक कठोर निर्णयमा पनि सहयोग गरि जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौं र अरुलाई पनि पालना गर्न अपिल गरौं।

सम्वन्धीत सबैबाट सही सुचना सम्प्रेषण गरौं।कम पनि होइन, बढाई चढाई पनि होइन,अनि मात्र हाम्रा नियन्त्रणका उपायहरुले महत्व पाउछन् र सफल हुन्छन्। समाजिक सन्जालमा रोगको संबन्धमा खेलवाड नगरौं, सम्बेदनशील बनौं, यथार्तता बाढौ,विचार नपुराई रोग संबन्धी त्रास मात्र न फैलाऔं साथै सम्बन्धित सबैलाई अनुरोघ, सर्वसाधारणलाई चाहिने भन्दा बेफिकर पनि नबनाऔँ।

हाम्रो स्वास्थ्य सेवा क्षमता पहिले देखि नै तुलनात्मक रुपमा यथेस्ठ नभएकाले ,covid 19 epidemic curve लाई थेप्चाऊने बाकिँ अस्त्र भनेको रोकथाम र नियन्त्रण नै हो।

यस कारण यी नियन्त्रण का उपाय प्रभावकारी हुनु अति नै जरुरि हुन्छ,त्यसैले प्रभावकारीता का लागि केही समय लकडाउन गर्ने, रास्ट्रीय अनतर्राष्ट्रिय रुपमा सतर्कता र गम्भीरता दिलाउन राष्ट्रिय स्वास्थ्य संकट को औपचारिक घोषणा र नियन्त्रणका कठोर निती नियम बनाऊन अत्यन्त जरुरि छ।

व्यबहारिकरुपमा हामी नेपाली अन्य मुलुक भन्दा निकै फरक छौं, हाम्रो जस्तो चेतना स्तरको समाज र मौलिक मनोविज्ञान र सस्कार बोकेको हाम्रो समुदाय मा कोभिड -19 को बारे उच्च सतर्कता दिलाउन र तत्काल नै सर्वसधारणहरुको व्यबहारमा परिबर्तन ल्याऊन , यो हद सम्मको विकिल्पले मात्र अधिकतम काम गर्छन भन्ने यो पङ्क्तिकारको बिचार हो।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *