कोरोना संक्रमणबाट इटलीमा एकै दिन २५० जनाको मृत्यु

308
Shares

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण इटलीमा एकै दिन २५० जनाको ज्यान गएको छ । कोरोनाबाट इटलीमा एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलो हो ।

सरकारी अधिकारीहरुका अनुसार शुक्रबार मात्रै २ हजार ५४७ जनामा नयाँ ंसंक्रमण देखिएको छ । यो संगै संक्रमितको संख्या १७ हजार ६६० पुगेको छ । मृत्यु हुनेको संख्या भने १ हजार २६६ पुगेको अधिकारीहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिए लगत्तै चीनले इटलीका लागि ३१ टन मेडिकल सामग्री पठाएको छ ।

इटली आफैले पनि पुरै देशलाई लकडाउन गरेको छ । चिनियाँ रेडक्रसका उपप्रमुख याङ हुईचनको नेतृत्वमा ९ सदस्यीय विज्ञ टोली पनि इटलीको राजधानी रोम प्रस्थान गरेको र रातारात मेडिकल सामग्री तथा उपकरणहरु पुरयाएको बताइएको छ ।

चीनमा ११ जनामा संक्रमण, १३ जनाको मृत्यु
यता कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनमा भने शुक्रबार जम्मा ११ जनामा संक्रमण देखा परेको छ । सो दिन मृत्यु हुनेको संख्या १३ रहेको छ । चीनले भयावह बन्दै गएको कोरोना संक्रमणलाई आफ्नो देशमा नियन्त्रणमा आइसकेको दावी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *