हप्तामा दुई देखि तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

 

यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ ।

वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने बताउछन । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।

यौनसम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछ भने त्यतिवेला पाइने विशेष खालको आनन्दले व्यक्तिको स्फूर्ति बढने बैज्ञानिकहरुको तर्क छ ।

उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम समेत भनेका छन् । शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ । कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ । मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ ।

तर चिकित्सकहरुले यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव भनेको भर्याङ चडी दुई तल्ला माथि उक्लदा जति दवाव हुन्छ त्यति नै हुने बताउछन् । बरिष्ट मुटूरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन, ‘ भ¥याङबाट दुई तला माथि उक्लन सक्ने व्यक्तिले सहजै यौनसम्पर्क गर्न सक्छ । अर्थात मुटुले सजिलै यौनसम्पर्कको भार थेग्न सक्छ ।’ उनले हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्ने बताए ।

 

उनी भन्छन, ‘छातीमा पीडा उत्पन्न नभई २ तलामाथि भ¥याङबाट चडन सकिन्छ भने यौनक्रिडाको भार मुटुले सजिलै धान्न सक्छ । तर यदि छातिमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेलामा कम बल प्रयोग गर्नुपर्छ ।’ उनले यौनसम्पर्कका बेला छाती वा मुटूमा पिडा बढन गएमा जिव्रो मुनि राख्ने औषधि (isordile 5mg /  sorbitrate 5 mg ) प्रयोग गर्न सुझाव दिन्छन् ।

कतिपय पुरुष मुटुरोगीहरुले आफ्नो यौन दुर्वलताको अनुभव वा अनुमान गर्ने गरेका हुन्छन । तर चिकित्सकहरुले त्यसमा पनि सत्यता नरहेको बताउछन् । डा. रेग्मी भन्छन, ‘ती सबै मनोवैज्ञानिक अनुमान र अनुभव मात्रै हो ।’ उनले डिप्रेसन र कहिलेकाही औषधिहरुको अनावश्यक प्रयोगले यौनदुर्वलता घटाउन सक्ने बताए । ‘यसको उपचार सम्भव छ । आफनो चिकित्सकसंग यसको शंकोच नमानी यसबारे परार्मस लिनुपर्छ’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *