पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन

5.8k
Shares

काठमाडौँ, १० पुस । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा आज विहान ७ : ५५ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको हो ।

शिक्षण अस्पतालमा रहेका स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठका अनुसार एक साता अघि सामान्य रुघा खोकी लागेपछि श्रेष्ठको उपचार भक्तपुरस्थित नागरिक सामुदायिक अस्पताल भक्तपुरमा गरिएको थियो । तर त्यहाँ निको नभएपछि उनलाई मंगलबार बेलुका महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल ल्याइएको थियो । मुटु सम्वन्धी समस्या नदेखिएको तर अवस्था एकदमै विग्रदै गएपछि सोही दिन राती नै त्रिवि शिक्षण अस्पतालको आइसियूमा सारिएको थियो । हिजो विहानै उनलाई कृतिम श्वासप्रश्वास भेन्टिलेटरमा राखिएको थियो । ‘डाक्टर सावहरुले निकै प्रयास गर्नुभयो तर बचाउन सकिएन । विहान ७ : ५५ मा मृत घोषणा गर्नुभयो ,’सहसचिव श्रेष्ठले भने ।

उपचारमा सम्लग्न डा निरज बमले पूर्व सचिव श्रेष्ठको निमोनिया, सेस्पिस भएको बताए । उनले सेप्सीसकै कारण मल्टी अर्गान फेलियर भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *