स्वास्थ्य मन्त्री ढकाललाई प्राडा भगवान कोइरालाको पाँच सुझाव

  • प्राडा भगवान कोइराला

स्वास्थ्य क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर विज्ञहरुको भेला पारी सुझाव लिने कार्यको थालनी गर्नु भएकोमा माननीय मन्त्री ज्यूलाई बधाई छ । यस्ता सामुहिक भेलाबाट निस्कर्ष निस्कने सम्भावना त कमै हुन्छ तर विषय प्रवेश हुन्छ । इस्युहरु थाह हुन्छ । त्यसैले यो सकारात्मक कार्य हो ।

अब म छोटकरीमा भन्छु,

माननीय मन्त्री ज्यू दैनिकीमा वित्यो भने भने कुनै नयाँ नीति निर्माण र कार्यान्वयनको काम हुन सक्दो रहेनछ । त्यसकारण दिनमा एक दुई घण्टा वा हप्तामा एक दुई दिन वा केही घण्टा आफ्ना नियमित काम वा दैनिकी छाडेर यस्तै सोच विचारको काम गर्नै पर्छ । यसो नगर्ने हो भने त कुनै दीर्घकालिन योजना बन्नै सक्दैन । नत्र तपाईँलाई मन्त्रालयबाट निस्कने बेलासम्म फुर्सद नै हुन्न, सधै घेराबन्दीमै पर्नुहुन्छ । ‘नेभर ह्याव थिंक अबउट प्लान, पोलिसी, स्ट्राटेजिज ।’

यो कुरा मेरो जीवनमा काम लागेको थियो । त्यसैले सेयर गरेको मात्र ।

……………………………………………………………………….

तीनवटा तहमा कुरा गर्नुपर्ला आज  ।  म धेरै ‘डिटेल’मा भन्न चाहन्न ।
पहिलो  कुरा हामीहरुले नीतिगत तहमा छलफल धेरै चलायौँ तर त्यसलाई ‘रिभ्यु’, ‘रिभिजिट’ गर्नुपर्ने छ र त्यो नीतिलाई कसरी लागू गर्ने भन्नेमा पनि छलफल गर्नुपर्ने हुन्छ ।

दोस्रो  ‘हेल्थ केयर सिस्टम’ । हाम्रो ‘हेल्थ केयर सिस्टम’ भित्रको ‘डेलिभरी’लाई चाही कसरी बढाउने भन्नेमा पनि बहस चलाउन सकिन्छ र यो अबको आवश्यकता हो भन्ने पनि लाग्छ ।

तेस्रो भनेको अन्तरसम्वन्ध । ‘हेल्थ प्रोफेसन’का धेरै साथीहरु यहाँ हुनुहुन्छ । चिकित्सा शिक्षा आयोगका साथीहरुलाई पनि देखेको छु । यो विषयमा पनि छुट्टै र विशेष रुपमा बहस चलाउनु पर्छ ।

माननीय मन्त्रीज्यू आयोगको सहअध्यक्ष भएको नाताले र स्वास्थ्य क्षेत्रको धेरै समस्या यसैको वरिपरि जेलिएको हुनाले यसलाई तत्काल सम्वोधन गर्न जरुरी छ । त्यसका लागि पनि केही सुझाव राख्न चाहन्छु ।

माननीय मन्त्री ज्यू त्यसका लागि तत्कालै बैठक राख्नुहोस् । त्यो बैठकमा तपाँई, अर्थ मन्त्री, शिक्षा मन्त्री र अझ भए आयोगको अध्यक्ष अर्थात प्रधानमन्त्री ज्यू समेत बसेर निर्णय लिनुहोस ।

यस भित्र बहुँत महत्वपूर्ण समसामयिक बर्तमान र वितिसकेका कुराहरु छन् । अहिले नै त्यसलाई सम्वोधन गरिएन भने यो सालको मेडिकल कलेजको भर्ना र हजारौँ एमबीबीएसका विद्यार्थीहरुको भविस्य अन्योलमा पर्ने, सयौँ विशेषज्ञको भविस्य अफ्टेरोमा पर्ने अवस्था छ ।

मैले फेरी पनि भने अहिले तत्काल उच्चस्तरीय मिटिङ गरी हाउ डु वी एड्रेस भन्नै पर्छ । यो च्याप्टरमा छिर्नुपर्ने अत्यन्त जरुरी छ ।

अर्को कुरा, पीजीको शुल्कलाई कसरी निशुल्क गर्ने ? एकेडेमिजहरुको समायोजन कसरी गर्ने ? ऐन ल्याउने कि नल्याउने ? बर्दिबास र बुटवल जस्ता उट्पटाङ र फुत्रुक्क आएका विश्वविद्यालयहरु के गर्ने लगायतका गम्भीर विषय छन् । माननीय मन्त्री ज्यू यो राष्ट्रको सम्पत्तीको कुरा पनि हो । यसलाई सजिलै यताउता गरिदिनु हुँदैन । बैठक बसेर यसमा उपयुक्त निर्णय लिनुपर्छ ।

…………………………………………………………

अब अलिकति ‘क्युरेटिभ’ को कुरा गर्छु,

नीतिगत तहमा म छोटकरीमा यो मात्रै भन्छु, यो देशमा सबैभन्दा धेरै मान्छे के कारणले मर्छन ? त्यसलाई घटाउन के गर्नुपर्छ ? त्यसको उत्तर दिनका लागि हामीसंग जनस्वास्थ्य विज्ञहरु पनि हुनुहुन्छ । त्यसका लागि चार पाँचवटा फर्मुला पनि छ । म भन्छु त्यसमा गम्भीरतापूर्वक लागौँ ।
गर्न सकिने कुरा छ । एउटा एनटीटीको हिसावले हेर्ने हो भने हाईपोटेन्सन सबभन्दा ठूलो समस्या हो । एक चौथाई जनता त्यसबाट पिडीत छन् । त्यसलाई घटाउने हो र सकिन्छ पनि ।

त्यसका लागि स्वास्थ्य संस्था सुधार गर्नुपर्छ । एउटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहेँ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले धेरै अघि नै एउटा योजना ल्याएको थियो, जिल्ला अस्पताल ५० देखि १०० बेड पुरयाउने , पाँच जना विशेषज्ञ राख्ने, एनेस्थेसिया राख्ने, बालरोग विशेषज्ञ राख्ने, सर्जरी, अर्थोपेडिक, गाईनो अव्स राख्ने भनेर ।

त्यो आज आएर अन्तराष्ट्रिय हिसावले एनएसओपी (नेशनल सर्जरी ओप्टेटिप्स एन स्थिजिया प्लान) भनेर डिमान्ड भएको छ । त्यो शव्दावलीमा खासै ठूलो कुरा छैन तर जबसम्म द्धितिय तहको अस्पतालमा यी सेवा उपलव्ध गराउँदैनौँ हाम्रो जनताको घरदैलोमा सेवा पुग्दैन ।

यो महत्वपूर्ण एजेण्डा हो र यसमा प्रवेश गर्न मन्त्रालय जरुरी हुन्छ । खासगरी दितिय तहको अस्पतालमा यी सेवा कसरी पुरयाउन सकिन्छ भनेर छलफल गर्नु पर्छ ।

अर्कोकुरा, सरकारले चाहेमा यसैबर्षबाट शुरु गर्न सक्ने काम छ । बच्चाको ‘क्युरेवल कन्डिसन’लाई यसैबर्ष देखि कम गर्ने काम गरौँ । जसरी मुटुलाई निशुल्क गरयौँ त्यसैगरी क्युरेवल क्यान्सरमा पनि लगानी गर्न सक्छौँ । सिकल सेलको त यो बर्ष बजेट समेत परिसकेको छ जस्तो लाग्छ । यसो गरयो भने केही सकारात्मक कार्यको थालनी पनि हुन्छ ।

…………………………………………………………………

म मेडिकल काउन्सिललाई प्रतिनिधित्व गरेको हुनाले पनि भन्नै पर्छ, यो ‘हेल्थ प्रोफेसनल’को ‘हेल्थ केयर डेलिभरी’संग जोडिएको कुरा हो । चिकित्सा शिक्षा आयोग अलि बढी सक्रिय भई दिए काउन्सिल इथिकल प्राक्टिस र स्टाण्डर्डमा तय गर्न फोकस हुनेथियो ।

हामीकहाँ दुई तीनवटा ठूला समस्या छन् ।

एउटा, ऐनमा अफ्टेरो छ । यो कुरा मन्त्री ज्यूले बुझ्न पर्ने हुन्छ । ऐन संसोधन गर्नुपर्नै छ । काउन्सिलको हालको ऐनले हामीले चाहेको नतिजा आउन सक्दैन । सिस्टमलाई अंकुस लगाउने, सिस्टमलाई करेक्सन गर्ने व्यवस्था नभईकन यो हुन सक्दैन । स्वास्थ्य मन्त्रालयमा त्यो युनिट पनि छ । त्यसैले त्यसलाई अलि एक्टिभ बनाउँ मन्त्रालय र काउन्सिल मिलेर कााम अघि बढाँउ ।

……………………………………………………………………….

अन्तमा, अस्पतालको सेवा महंगो किन भईरहेको छ ? भन्ने प्रश्न उठिरहेको छ । मलाई यो छलफललाई तितो बनाउने मन थिएन तर यहाँ निर भन्नै पर्ने बाध्यता छ । माननीय मन्त्री ज्यू, अस्पतालको सेवा महंगो हुने कारण र गुणस्तर कमसल हुने कारण चाही अस्वस्थ रिफरल हो ।

रिफरल फिको आधारमा विरामी एता र उता किन बेच गर्नेै प्रचलनले नै हो । यसलाई हामीसबैले लाज नमानी कुरा उठाँउ र बन्द गर्न सबैले सहयोग गरौँ ।

#  गत बिहीबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको स्वास्थ्य विज्ञ परामर्श बैठकमा प्राडा कोइरालाले राखेको धारणाको सम्पादित अंश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य मन्त्री ढकाललाई प्राडा भगवान कोइरालाको पाँच सुझाव

  1. Glad to read excellent views of Dr. Koirala. I was expecting to have ecological modality of health system and stop over medicalization in Nepal. Who will address the issues of environmental and occupation health as being prime cause of mortality is my deep concern. NCD burden is increasing, air pollution has brought genetic predisposition (https://indianexpress.com/article/cities/delhi/aiims-director-air-pollution-5387183/?fbclid=IwAR0ccq4W9AsURXA4mSpfL_p1TOJoxiWpRXvsTAMDrWsOSglZUAUZL5PkQqY), road injury, occupational health issues, disaster and mortality from extreme weather events, climate change and health etc. Yes, good is consultation with public health professionals. I wish honorable health minister will also take these points deeply in consideration.

Leave a Reply

Your email address will not be published. Required fields are marked *