धादिङको नेत्रावतीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

76
Shares

काठमाडौँ, ७ पुस । केएमसी पूर्व विद्यार्थी संघ र ‘नेपालका लागि संगसंगै’ नामक संस्थाको संयुक्त आयोजनामा गत शुक्रबार र शनिबार धादिङको नेत्रावती गाँउपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ४०० बढी स्थानीय बासीले स्वास्थ्य परीक्षण गराएका छन् ।

पूर्व विद्यार्थी संघका अध्यक्ष डा अच्युतशाली घिमिरेका अनुसार दुई दिनेको शिविर छुट्टा छुट्टै स्थानमा राखिएको थियो । ‘शुक्रबार नेत्रावती – ५ मा पर्ने महेन्द्र बाराही विद्यालय र शनिबार नेत्रावती – ४ मा पर्ने कुन्डलादेवी विद्यालयमा राखिएको थियो । दुबै स्थानमा गरी ४०० स्थानीयबासीको निशुल्क स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण भयो,’ डा घिमिरेले भने ।

शिविरमा १ सय बढी बालरोग, त्यत्तिकै संख्यामा नसा, हाडजोर्नी र स्त्री रोग तथा बाँकी जनरल चेकअप भएको चिकित्सक टोलीका संयोजक डा. पुरुषोत्तम अधिकारीले बताए ।

उक्त शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, पाटन अस्पताल र किस्ट शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुको सहभागीता थियो । शिविरमा स्वास्थ्य परीक्षणसंगै आवश्यकताका आधारमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

संघले यसअघि कोशी टापु, सुनसरी, मुगु, सिराहा लगायतका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो । केएमसी बागबजारबाट प्लस टु अध्ययन पुरा गरी निस्केका करीब १४ हजार विद्यार्थी आवद्ध भएको संघले सामाजिक कार्य गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *