अख्तियारद्धारा बीपी प्रतिष्ठानका रजिष्ट्रारसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्धा

752
Shares

काठमाडौँ, १ पुस । सरकारी रकम हिनामिना गरी भष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार र आर्थिक प्रशासन प्रमुख सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्धय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध मुद्धा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध विल भरपाई नराखी भौचर समेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ रकम हिनामिना गरेको आरोप लगाएको छ ।

चार जनाको मिलोमतोमा भुक्तानी दिनुपर्ने आधार, कारण तथा विल भरपाई विना नै जीवन पौडेलको नाममा चेक जारी गरेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *