नेपाल चिकित्सक संघ निर्वाचन : प्रगतिशील समूहबाट अध्यक्षमा डा. पुष्पमणि महासचिवमा डा. बस्नेत

7.1k
Shares

काठमाडौँ, २८ मंसिर । नेपाल चिकित्सक संघको माघमा हुन लागिको नयाँ कार्यकारिणी सभाको निर्वाचनमा प्रगतिशील समूले उम्मेद्धार टुंग्याएको छ । प्रगतिशील समूहबाट अध्यक्षमा डा पुष्पमणि खराल र महासचिवमा डा मधुर बस्नेतले उम्मेद्धारी दिने भएका छन् ।

यहि प्यानलबाट बरिष्ठ उपाध्यक्षमा डा रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा रञ्जीत झा, कोषाध्यक्षमा डा सञ्जीतकुमार साह र सह कोषाध्यक्षमा डा उदय नारायण सिंह तय भएको उम्मेद्धार छनौट समितिका एक जना सदस्य डा रमेश ढकालले भने ।

डा ढकालका अनुसार सदस्यहरुमा डा दीपक कोइराला, डा जगदीश विष्ट, डा सुमन काफ्ले , डा लिजन महर्जन उम्मेद्धारी दिने तय भएको छ । सह कोषाध्यक्ष र एक जना सदस्यको टुंगो लाग्न बाँकी रहेको उनले बताए ।

यसअघि प्रगतिशील समूहबाट आकांक्षी धेरै भएपछि उम्मेद्धार टुंग्याउन हम्मे हम्म भएको थियो ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहले आइतबार नै अध्यक्ष उपाध्यक्ष सहित १० जनाको उम्मेद्धारी दिइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *