दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक भोलि देखि शुरु

काठमाडौँ, २२ मंसिर । आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुने दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठक भोलि देखि राजधानीमा शुरु हुँदैछ ।

नेपाल तथा दक्षिण पूर्वी एसियाली क्षेत्रमा आँखा स्वास्थ्यको पहुँच बढाउने उद्धेश्यले आयोजना गर्न लागिएको चार दिने बैठक विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान(विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र)को आयोजनामा हुन लागेको हो ।

अक्टुबर २०१९ मा वल्र्ड भिजन रिपोर्ट (डव्लुभीआर) को विश्वव्यापी शुरुवात पछि आइएपीबी दक्षिण–पूर्वी एशियाली क्षेत्र (एसईएआर) ले विश्व स्वास्थ्य संगठनसँग क्षेत्रीय तहमा नजिकबाट काम गरिरहेको छ । विश्वव्यापी स्वास्थ्य पहुँच र दिगो विकास लक्ष्य (एसडीजी) को लक्ष्यहरु प्राप्त गर्न चाँडै क्षेत्रीय र राष्ट्रिय स्तरको बैठकको कार्यतालिका बनाएर बैठकको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

यस बैठकमा दक्षिण पूर्वी एसियाका क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुनेछन्् । बैठकको एजेण्डा यस क्षेत्रमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ । बैठकले यस क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गर्नेछ ।

यसका अलावा डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै यस क्षेत्रमा राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुगों लगाउने तालिका निर्धारण गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *