प्रेमसागर कर्माचार्यको १६० औँ पटक रक्तदान
लमजुङ्ग, १५ मंसिर । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६० औँ पटक रक्तदान गरेका छन् । शनिबार लमजुङ्गको वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा उनले १६० औँ पटक रक्तदान गरेका हुन् ।
कर्माचार्य नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति हुन् । १६ बर्ष देखि नै रक्तदान कार्यमा लागेका कर्माचार्यले हरेक तीन तीन महिनामा तालिका बनाएर रक्तदान गर्ने गरेका छन् ।
‘शरीरबाट त्यसै खेर जाने रगत कसैको जीवन बचाउन काम लाग्छ भने किन नगर्ने ? त्यहि उद्धेश्यले शुरुवात गरेको थिएँ । अहिले यही कार्यलाई प्रवर्धन गर्न पनि म देशका विभिन्न ठाँउमा गएर रक्तदान गर्ने गरेको छु,’ कर्मचार्यले भने ।
शनिबारको रक्तदान कार्यक्रमको आयोजना नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ्ग जिल्ला शाखाले गरेको थियो ।
शाखा अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा संचालित सो कार्यक्रममा अस्पतालका मेसु डा दया पन्त, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रधान, लमजुङ्ग जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, मर्स्याङ्गदी बहुमुखी क्याम्पसका प्राध्यापक जनक बस्नेत, डा. सबिन यादव, डा. शरण लिम्बू लगायतको
सहभागिता थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



