ॐ अस्पतालमा शुरु भयो बाथरोग सम्बन्धि विशेषज्ञ उपचार सेवा

काठमाडौँ, ११ मंसिर । चावहिलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु गरेको छ । बाथरोग विशेषज्ञ डा. साकेत झाबाट यो सेवा शुरु गरेको हो ।

डा. झाले भारतको नयाँदिल्लीस्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पिजिआई बाट र्‍युमाटोलोजिमा डिएम गरेका छन् ।

अस्तपालले डा. झा सातामा छ दिन (आईतबार देखि शुक्रबारसम्म) विहानको सिफ्टमा विहान साढे ८ बजे देखि १ घण्टा र बेलुकाको सिफ्टमा तीन बजे देखि दुई घण्टासम्म सेवा उपलव्ध हुने बताएको छ ।

बाथरोगका बिरामीको संख्या बढ्दै गएपछि बिरामीलाइ सहज रुपम उपचार दिन अस्पतालले यस्तो सेवा सुरु गरेको जानकारी दिएको छ ।

यसैबीच अस्पतालले सेवा सुरु गरेको अवसरमा आगामी बिहिबार बिहान ८ देखि १० बजेसम्म र अपरान्ह २ देखि साँझ ५ बजेसम्म बाथरोगका बिरामीहरुकालागि निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *