दमक अस्पतालमा नयाँ भवनबाट सेवा सञ्चालन

240
Shares


दमक, ८ मंसिर । झापाको दमकस्थित एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा नयाँ संरचनाबाट सेवा शुरु भएको छ । काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरङ्ग सेवा नयाँ भौतिक संरचनाबाट एकैसाथ सञ्चालनमा ल्याइएको हो ।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु २६ लाखको लागतमा ती संरचनाहरु निर्माण गरिएका अस्पतालले जनाएको छ । अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा झापा क्षेत्र नं ५ ९ख०का प्रदेशसभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवनको संयुक्त रुपमा उद्घाटन गरे ।

अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर तपनकुमार साहले अस्पतालमा क्रमिक रुपमा भौतिक पूर्वाधारको विकास भइरहेको र अब थप जनशक्तिको आवश्यकता रहेको बताए । हाल अस्पतालमा दैनिक ३०० देखि ५०० जनासम्म बिरामीले सेवा लिने गरेको उनले जानकारी दिए ।

अस्पतालका लागि नयाँ सुविधासम्पन्न अर्को भवन निर्माणको प्रक्रिया पनि शुरु भएको नगरपालिकाले जनाएको छ । अस्पतालमा ६० कोठाको नयाँ सुविधासम्पन्न अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले रु २७ करोड बजेट स्वीकृत गरिसकेको नगरपालिकाका सबइन्जिनीयर कमल दाहालले जानकारी दिए । उनले प्रस्तावित नयाँ भवनका बारेमा जानकारीसमेत गराएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *