मुख्यमन्त्री राईद्धारा भोजपुर अस्पताल अनुगमन

भोजपुर, ३ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्ला अस्पताल भोजपुरको आज अनुगमन गरेका छन्। मुख्यमन्त्री राईले अनुगमनपश्चात् जिल्ला अस्पतालमा चिकित्सकको कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् ।

अस्पतालमा विभिन्न मेशिन तथा उपकरण एवं दरबन्दी अनुसारका कर्मचारी नभएको कारण स्वास्थ्य सेवा दिन समस्या रहेको डाक्टरहरुले बताएपछि त्यसका लागि पहल गर्ने बताए ।

जिल्ला अस्पतालका डाक्टर पवित्रा श्रेष्ठले जिल्ला अस्पतालमा रहेका विभिन्न समस्याबारे मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । कर्मचारीको समायोजनले स्वास्थ्यकर्मी बाहिर सरुवा भएर गएको कारण सेवा प्रवाहमा समस्या रहेको डाक्टर पवित्रा श्रेष्ठले जानकारी गराइन् ।

मुख्यमन्त्रीले अनुगमन गरेपश्चात् अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *