मुख्यमन्त्री राईद्धारा भोजपुर अस्पताल अनुगमन

100
Shares

भोजपुर, ३ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्ला अस्पताल भोजपुरको आज अनुगमन गरेका छन्। मुख्यमन्त्री राईले अनुगमनपश्चात् जिल्ला अस्पतालमा चिकित्सकको कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् ।

अस्पतालमा विभिन्न मेशिन तथा उपकरण एवं दरबन्दी अनुसारका कर्मचारी नभएको कारण स्वास्थ्य सेवा दिन समस्या रहेको डाक्टरहरुले बताएपछि त्यसका लागि पहल गर्ने बताए ।

जिल्ला अस्पतालका डाक्टर पवित्रा श्रेष्ठले जिल्ला अस्पतालमा रहेका विभिन्न समस्याबारे मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । कर्मचारीको समायोजनले स्वास्थ्यकर्मी बाहिर सरुवा भएर गएको कारण सेवा प्रवाहमा समस्या रहेको डाक्टर पवित्रा श्रेष्ठले जानकारी गराइन् ।

मुख्यमन्त्रीले अनुगमन गरेपश्चात् अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *