मकवानपुरको गढी गाउँपालिकामा १५ श्ययाको अस्पताल बन्ने


हेटौँडा, २ मंसिर । मकवानपुरको गढी गाउँपालिकाले डुम्रेकुनामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् ।

अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले डुम्रेकुनामा १३ कट्ठा जग्गा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइले बताए । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो । गाउँपालिकाले यसका लागि रु ५० लाख विनियोजन गरेको छ । “सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, हुमागाईँले भने, “अस्पताल निर्माण गर्न रु पाँच करोड लाग्ने छ ।”

यसैबीच सो गाउँपालिकाको सिखरकटेरीस्थित स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ । गाउँपालिकाले प्रयोगशाला सञ्चालनका लागि कर्मचारी खटाएको छ । प्रयोगशाला निर्माण गर्न वडा नं २ कार्यालयले आर्थिक तथा राष्ट्रिय प्रयोगशाला काठमाडौँले उपकरण सहयोग गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *