मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जना जेल चलान

काठमाडौँ, २७ कात्तिक । मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ र डाक्टर सहित पाँच जना जेल चलान भएका छन्।
उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेको छ।
ललितपुर जिल्ला अदालतले अस्पतालका सिइओ विपेन्द्र प्रधान, डा राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको एसपी गोविन्द थपलियाले जानकारी दिए।
प्रहरीले गत असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

