डा. केसीको ‘स्पेशल कियर’का लागि सरकारले पठायो एकजना फिजिसियन

1.3k
Shares

काठमाडौँ, २६ कात्तिक । थप उपचारका लागि काठमाडौँ ल्याउने प्रयास विफल भएपछि संघीय सरकारले डा .गोविन्द केसीको ‘स्पेशल कियर’का लागि एक जना फिजिसियनलाई डडेल्धुरा खटाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा राजेश मण्डललाई डडेल्धुरा खटाएको हो ।

डा मण्डल आज विहान डडेल्धुरा पुगेका छन् ।

अस्पतालका मेसु डा जितेन्द्र कंडेलले डा मण्डल विहान डडेल्धुरा आईपुगेको पुष्टी गरे ।

‘डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । यहाँ अहिले जनशक्ति र उपकरण अभाव छ । त्यसैले हामीले सुविधा सम्पन्न ठाँउमा लगि हाल्नु पर्छ भनेका हौँ । सरकारले पनि काठमाडौँ लैजाने भनेर हेलिकप्टर पठाएको रहेछ तर सर (डा केसी)ले मान्नु भएन । स्थानीय बासिन्दाले पनि जवरजस्ती लैजान दिदैनौँ भने । त्यसपछि मन्त्रालयले उहाँलाई डडेल्धुराका लागि पठाएको हो,’डा. कंडेलले भने ।

उनले डा केसीको स्वास्थ्यको पारामिटर खस्कदै गईरहेको दोहोर्याए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *