भरतपुर अस्पतालमा बिरामी कुरुवाले गरे ‘आत्महत्या’

1.1k
Shares

चितवन २३ कात्तिक । भरतपुर अस्पतालको भर्‍याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो । उनी आफ्नो श्रीमतीको उपचार गराउन भरतपुर अस्पताल आएको खुलेको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा सुनारको घाँटीमा सलको पासो छ । गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते आफ्नो सासु सहित सुनार भरतपुर अस्पताल आएका थिए । प्रहरीले सुनारले आत्महत्या गरेको प्रारम्भिक निस्कर्ष निकालेको छ यद्धपी कारण भने खुलि नसकेको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका उनसार उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार (आज) डिस्चार्ज गर्ने तयारी भइरहेको थियो । सुनारको शव अस्पतालको शवगृहमा राखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *