चिकित्सक संघले भन्यो, ‘न्युट्रास्यिुटिकल्स प्रडक्ट प्रेस्काइव गर्ने डाक्टरको अधिकार हो’

काठमाडौँ, २२ कात्तिक ।  नेपाल चिकित्सक संघले आवश्यकताका आधारमा बिरामीलाई आहारपुरक खाद्य पदार्थ (फुड, न्युट्रास्यिुटिकल्स तथा डायटरी सप्लिमेन्ट) प्रेस्काइव गर्ने अधिकार डाक्टरसंग रहेको दावी गरेको छ ।

कतिपय उपभोक्तावादी संस्था तथा सरोकारवालाले चिकित्सकहरुले अनावश्यक रुपमा आहारपुरक खाद्य पदार्थ प्रेस्काईव गरी बिरामीलाई अनावश्यक आर्थिक भार पार्ने काम गरेको आरोप लगाइरहेका बेला संघको यस्तो धारणा सार्वजनिक भएको हो ।

संघका महासचिव डा लोचन कार्कीद्धारा आज विज्ञप्तीमा चिकित्सकहरुले खाद्य ऐन २०३३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका आहार पुरक खाद्य पदार्थ विरामीको रोग उमेर र आवश्यकता अनुसार सिफारिस हुने गरेको बताइएको छ ।

उनले विज्ञप्तीमा त्यसरी सिफारिस गरिएको आहारपुरक खाद्य पदार्थ स्वास्थ्य उपचारमा सहयोगी सावित हुने भएकोले अन्तराष्ट्रिय मान्यता अनुरुप सिफारिस गर्दै आएको बताएका छन् ।

यता औषधि व्यवस्था विभागले भने न्युट्रास्यिुटिकल्स विक्री वितरणलाई निरुत्साहन हुने गरी औषधि पसलमा त्यस्ता बस्तु राख्न र विक्री वितरण गर्न नपाइने बताएको छ ।

औषधि क्षेत्रका कतिपय व्यक्तिहरुले भने कमिसनको चक्करमा चिकित्सकहरुले अनावश्यक रुपमा न्युट्रास्यिुटिकल्स प्रडक्टहरुको सिफारिस गर्ने गरेको आरोप लगाउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

5 thoughts on “चिकित्सक संघले भन्यो, ‘न्युट्रास्यिुटिकल्स प्रडक्ट प्रेस्काइव गर्ने डाक्टरको अधिकार हो’

  1. What a shame for NMA, what a retrogressive message.. instead of thinking for the benefit of the patient, they are supporting for products that have no guarantee of quality, safety, efficacy and bioavailability.. unlike medicines, these products do not go through rigorous clincal trials or adverse effect reporting and may in fact be harmful to the patients’ health as well as adds unnecessary economic burden.. they also need no rationality for combination and the presence of their purported ingredients may also be very difficult to test in a lab if not impossible.. these products except in rare cases have no benefit that cannot be obtained by a healthy balanced diet.. it is similar to recommending eating fortitied junk food instead of healthy food.. these products are available online ranging from Rs 25000 downwards.. which of these products would the prescribers prescribe I wonder https://www.daraz.com.np/catalog/?from=input&q=Supplements&sort=pricedesc&spm=a2a0e.search.top.1

  2. औषधि व्यबस्था विभाग मा दर्ता नभएको ४१ रुपैयाँको क्याल्सियम कसरी किन्न सम्भव छ ? (जुन नेपाल औषधि व्यबस्था विभाग मा दर्ता भएका क्याल्सिम ७ रुपैयाँ पर्दै आएको छ ) अझै अधिकारको कुरा !!!! लुटने हाम्रो अधिकार हो भने हुन्छ नि सामाजिक रुपमा!!! लाज, इज्जत र मानबता भन्ने हुन्न कि के हो डा. साप?????@Nepalmedicalassociation

    1. Drugs n Dietary Suppliments r defined in different countries by regulatories like FDA, FSSAI, DFTQC. So the issue should not be complicated by anyone. We should approach to DFTQC for any concern like price, quality etc rather than misguide and blam anyone.

  3. Dietary suppliments are well described by FDA, FSSAI n other regularatories like DFTQC in Nepal. Why we r not requesting DFTQC for any descripencies in registered Dietary Suppliments in case of quality, rate n other concerns.

  4. Aba NMA leey pani Protein ko lagi masu prescribe gardaa pani neutraceutical lai brand name ma prescribe gareey jastaii…..kalu dai ko masu pasal ko masu khanuu bhaneraa lekheey hunchaa….ani ahileey doctor haru leey neutraceuticals ko business gareey jastaii masu pasal pani kholnuuu…..

Leave a Reply to Kiran Cancel reply

Your email address will not be published. Required fields are marked *