प्रजनन स्वास्थ्यका निम्ति अमेरिकी सहायता निरन्तर

काठमाडौँ, २० कात्तिक । अमेरिकाले नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।

यहाँस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवा सुदृढ तुल्याउन अमेरिकी अन्तरराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी) मार्फत निरन्तर सहयोग भइरहको र सहायता रकम वृद्धि भइरहेको बताएको छ ।

“युएसएआइडीको आर्थिक सहयोग विगत तीन वर्षमा एक करोड २० लाख डलरबाट झन् वृद्धि भई एक करोड ७० लाख डलर पुगेको छ । महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन”, विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी गर्दै आएको छ भने त्यसलाई निरन्तरता दिइरहने दृढता पुनःव्यक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *